कैलाली २ मा रास्वपाका केपी खनाल विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २४ फागुन । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार केपी खनाल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीलाई पराजित गर्दै खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा (एमाले)का उम्मेदवार सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्