राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, २५ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारमा रहेको कानून, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि गएको माघ ११ गते चुनाव भएको थियो ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउनुहुने कार्यक्रम छ । शपथ ग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्