गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, २५ फागुन । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ भारी मतान्मरसहित विजयी भएका छन् ।

उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।

नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्