काठमाडौं, २६ फागुन । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट भारी मत ले निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् ।
साथै प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् ।





