आयोगद्वारा धनुषा १ मा यादवलाई विजयी मान्यता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २८ फागुन । निर्वाचन आयोगले धनुषा १ मा नेकपाका मातृका यादव निर्वाचित भएको विवरण अद्यावधिक गरेको छ ।

धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले उनको उम्मेदवारी खारेजीको निर्णयसँगै आयोगले मत परिणाम सार्वजनिक गरेको थिएन । साहको मत बढी आएपछि आयोगले नतिजा घोषणामा ढिला गरेको थियो ।

पछि दोस्रो मत प्राप्त गरेका यादवलाई विजेता घोषणा गरेर प्रमाण पत्र दिइएको थियो ।

आयोगको निर्णय पुनरवलोकनको माग गर्दै किशोरी सर्वोच्च पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी