कांग्रेसले समानुपातिकका २० सांसदको नाम टुंग्यायो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, १ चैत । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम टुंगो लगाएको छ। १५ महिला र पाँच पुरुष गरी २० जना सांसदको टुंगो लगाइएको हो।

आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक(गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए। अन्य तीन जनाको नाम समेत क्लष्टर मिलाएर पठाउने प्रवक्ता उनले जानकारी दिए।

सिफारिस भएका ती नाम आज नै निर्वाचन आयोगमा बुझाउने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी