काठमाडौं, १ चैत । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् ।
उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए ।





