प्रवल थापाद्धारा आफ्नो चुनावी खर्च सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले आफ्नो चुनकवी खर्च सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा थापाले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ ।

थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीअन्तर्गत सवारीसाधन भाडा खर्च तथा इन्धन खर्च, प्रतिबद्धता पत्र, नमूना मतपत्र, भिडिटिङ कार्ड, ब्यानर र झण्डाका लागि एक लाख १२ हजार ६६ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

विद्युतीय माध्यमबाट प्रचारप्रचारका लागि डिजाइन, फोटो र अडियोका लागि चार लाख ५२ हजार र अध्ययन अनुसन्धान र सामाजिक सञ्जालमा ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

विभिन्न बैठक, गोष्ठी तथा कार्यकर्ता परिचालनअन्तर्गत पार्टी बैठकका लागि १ लाख ७४ हजार ७४९, घरदैलोमा १ लाख ८६ हजार, निर्वाचन र मतगणना अवधिमा कार्यकर्ता परिचालनमा २ लाख ४८ हजार खर्च भएको छ ।

मोबाइल फोन रिचार्ज कार्डमा ९ हजार रुपैयाँ खर्च भएको छ । खर्च विवरणना स्टेशनरी र विविध शीर्षकमा १ लाख ४४ हजार ४०८ रुपैयाँ गरी कुल २३ लाख २९ हजार ७५३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी