प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबिच शिष्टाचार भेट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, ४ चैत । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए।
जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्