एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १४ चैत । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।
बलात्कार सम्बन्धी कसुरमा मल्ललाई आज सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।

यसअघि, मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको उनको आरोप छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्