पक्राउ परेका लेखकबारे रणनीति बनाउन कांग्रेस इतर समूहको छलफल जारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकबारे रणनीति बनाउन नेपाली कांग्रेसका इतर समूहका नेताहरू छलफल
मा जुटेका छन् । आज बिहान पक्राउ परेका लेखकबारे ठमेलको एक होटलमा इतर समूहका नेताहरूको बैठक जारी छ ।

बैठकमा कांग्रेसका पूर्णबहादुर खड्का, डा।शेखर कोइराला, विमलेन्द्र निधि, डा।शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा।मिनेन्द्र रिजाल, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित २ दर्जन नेता सहभागी रहेको श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्