नवनिर्वाचित सांसदहरूले सम्पति विवरण बुझाउने समय आगामी जेठ १० गतेसम्म

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १५ चैत । गएको फागुन २१ मा भएको चुनावबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पति विवरण बुझाउनुपर्ने भएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा )१० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्