लुम्बिनी कांग्रेसमा अन्तर्घात प्रकरण : १०० भन्दा बढी नेता–कार्यकर्तामाथि कारबाही सिफारिस

निर्वाचनमा नेपाली कांग्रेसले कांग्रेसलाई नै सहयोग नगरेपछि कारबाहीलाई तीव्रता दिइयो ।

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१६ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेसभित्र आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा कारबाहीलाई तीव्रता दिइएको छ ।

पार्टीका विभिन्न जिल्लाबाट केन्द्रीय कार्यालयमा पुगेका निवेदनहरूमा कतिपय नेता तथा कार्यकर्ताले आधिकारिक उम्मेदवारलाई असहयोग गरेको, स्वतन्त्र वा विपक्षी उम्मेदवारलाई सहयोग गरेको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसभित्र एक समूहले असहयोग गर्ने र अर्कोले कारबाही गर्ने अवस्था सिर्जना भएको नेताहरू बताउँछन् ।

प्रदेश र केन्द्रमा कारबाहीका लागि स्थानीय कार्यकर्तादेखि प्रदेशस्तरीय र पूर्वकेन्द्रीय सदस्यहरू समेतको नाम पठाइएको छ ।

नवलपरासी कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्र नम्बर १ र २ का आफ्ना उम्मेदवारलाई सहयोग नगरी अन्यलाई सघाएको आरोप लगाउँदै निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, महासमिति सदस्य गुणनिधि तिवारी, क्षेत्रीय सभापति माधव प्रसाद पाण्डेय, प्रदेश वनमन्त्रीसमेत रहेका देवकरण प्रसाद कलवार, जिल्ला सदस्य सञ्जयमणि त्रिपाठीसहित ४३ जनालाई कारबाहीको सिफारिस गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्