एमाले संसदीय दलको नेतामा थापा निर्विरोध निर्वाचित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ चैत । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् ।

संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । सहमति जुट्न नसकेपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले निर्वाचन प्रक्रियातर्फ अघि बढ्ने तयारी गरेको थियो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार थापाले उम्मेदवारी दर्ता गराइसकेका थिए भने नेम्वाङले पनि मनोनयनपत्र लिइसकेका थिए ।

नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेवारी प्रक्रिया अघि बढ्न सकेन । यससँगै चुनाव नै नगरी थापा निर्विरोध रूपमा संसदीय दलको नेतामा निर्वाचित हुने निश्चित भएको हो । थापा निर्विरोध भएसँगै एमालेले पुस्तान्तरण नचाहेको हो ? भन्ने प्रश्न यठन थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्