सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटायो (सूचीसहित)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।

जिम्मेवारीमा खटाइएका अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए । नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेकी छन् । यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकाहरुमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

बिहीबार ७८ गाउँपालिकामा तोकिएका प्रमुख प्रशासकीय अधिकृतमा कहाँ कसलाई खटाइयो ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्