बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ चैत, काठमाडौं । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।

अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्