पहिरोले मुग्लिन-नारायणगढ सडक अवरूद्ध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको
काठमाडौं, १४ असार । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।

आज बिहीवार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएकाे हाे । पहिरो खसेपछि सडकमा गाडीकाे लामाे लाइन लागेकाे छ ।अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्