२४ चैत, काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर गोकर्णेश्वरस्थित पर्ल्स इङ्ग्लिस एकेडेमी ले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ।
विद्यालयले प्ले–ग्रुप/नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूका लागि भर्ना आह्वान गरेको जनाएको छ। गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारासहित विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै आएको छ।
विद्यालयका अनुसार यस वर्ष भर्ना लिने विद्यार्थीहरूका लागि विशेष सुविधा समेत उपलब्ध गराइएको छ। जसअनुसार,
- निःशुल्क भर्ना
- वार्षिक शुल्क नलाग्ने
- नयाँ विद्यार्थीलाई विद्यालय पोशाक १ जोर निःशुल्क
- आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विशेष छुट
विद्यालयले अनुभवी शिक्षक, अनुशासित वातावरण तथा आधुनिक शिक्षण विधिमार्फत विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिने जनाएको छ।
गोकर्णेश्वर–५, नयाँबस्ती युथ क्लब नजिकै रहेको उक्त विद्यालयमा सीमित सिट भएकाले समयमै भर्ना गर्न अभिभावकलाई आग्रह गरिएको छ।
थप जानकारीका लागि ०१–४९१२५५३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।






