डेटा प्याक सकिएपछि पैसा नकाटिने सेवा – कसरी सुरु गर्ने ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ चैत, काठमाडौं । मोबाइलमा डेटा प्याक सकिएपछि पैसा नकाटिने सेवा ग्राहकले बुधबारदेखि नै लिन पाउने भएका छन् ।

नेपाल टेलिकमले एक विज्ञप्ति जारी गर्दै डेटा प्याक सकिएपछि पैसा नकाटिने सेवा ग्राहकले लिन सक्ने विकल्पसहित (पे एज यू गो–पेजी) लागु गरिएको जनाएको छ ।

पेजीले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्नेबारे विकल्पसहित छनोटको सुविधा दिनेछ । यसका लागि ग्राहकले मोबाइलबाट *444# डायल गर्नुपर्नेछ । त्यसपछि ४ नम्बर छनोट गरेपछि यो सुविधा सक्रिय वा निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १,२ र ३ थिच्नु पर्दछ ।

डेटा प्याक खरिद गरी सेवा उपभोग गर्ने ग्राहकको सन्दर्भमा नेपाल टेलिकमले डेटा भोल्युम ८० प्रतिशत खपत भएको अवस्थामा तथा ९० प्रतिशत खपत भए पश्चात एसएमएस मार्फत जानकारी गराउने भएको छ ।

यसअघि डेटा प्याक समाप्त भएपछि पनि ग्राहकले सेवाको प्रयोग निरन्तर राखेमा मेन ब्यालेन्सबाट डेटा चल्ने र चलेको भोल्युम अनुसार शुल्क स्वत: काटिने व्यवस्था थियो ।

अब ग्राहकले मेन ब्यालेन्सबाट पैसा नकाटिने गराउन पहिले नै सुविधा निष्क्रिय गराउनुपर्ने छ । सुविधा निष्क्रय गराएको अवस्थामा प्याक सकिएपछि मेन ब्यालेन्सबाट डेटा चल्ने छैन । प्याक नलिई डेटा चलाउन आवश्यक भएका ग्राहकहरुले भने यो सुविधा सक्रिय राख्न सक्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी