अण्डाको मूल्यमा वृद्धि

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१ वैशाख, काठमाडौँ । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।


नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा बराबर रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० बाट रु १५ ले वृद्धि हो । त्यसैगरी मझौला अण्डाको मूल्य रु ४१५ तोकिएको छ, जुन यसअघि रु ४०० थियो।


सङ्घका अनुसार पछिल्लो समय कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ । साथै नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढेसँगै बजारमा अण्डाको माग उच्च भएको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट आयात घट्नुले पनि आपूर्ति प्रभावित भएको बताइएको छ।


गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, जहाँ ठूलो अण्डा प्रतिक्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा कारोबार भएको थियो।
यद्यपि मूल्य वृद्धि भए पनि किसानहरू अझै लागत मूल्यभन्दा तल रहेको बताउँछन्। अण्डा उत्पादनको लागत प्रतिगोटा करिब रु १९.१२ पर्ने हुँदा प्रतिक्रेट लागत रु ५७४ पुग्ने अनुमान गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्