३ लाख नाघ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

२ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हजार ९०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।


यस्तै आज चाँदीको मूल्य पनि १५५ रुपैयाँले बढेर तोलाको ५ हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदी ५ हजार ६५ रुपैयाँमा कारोवार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी