२ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार ३३.२७ अंक बढेको छ ।
सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २८६६ अंकमा पुगेको छ ।
कारोबारका क्रममा दिउँसो १ : ०७ बजे नेप्से परिसूचक २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही खस्कियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँको भयो ।
२२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशत बढ्यो ।
बैंकिङ १.३०, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० तथा व्यापार २.३३ प्रतिशत बढे ।
७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंक छन् । त्यस्तै सोलु हाइड्रोपावरको ८.६३, नारायणी डेभलपमेन्ट बैंकको ५.५३ तथा ओरियन्टल होटलको मूल्य ५.१४ प्रतिशत बढ्यो ।
रिलायन्स स्पिनिङ मिल्सको मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशत घट्यो । त्यस्तै उपकार लघुवित्तको ४.४४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर छन् ।





