आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि : कति पुग्यो मूल्य ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, ३ चैत: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको हो ।

नयाँ मूल्यसूची अनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु दुई सय ३७ पुगेको छ भने हवाई इनधनको मूल्य प्रतिलिटर रु दुई सय ५६ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीन सय ३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्