रिहा भएसँगै अमृत झालाई नेपाल ल्याउन परराष्ट्रले थाल्यो पहल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

३ वैशाख , काठमाडौं । परराष्ट्र मन्त्रालयले अमृत झालाई नेपाल ल्याउन पहल थालेको छ । झा रिहा भएलगत्तै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नेपाल ल्याउन पहल थालिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा प्राप्त भएको जनाएको छ ।

साथै, सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रकृया पूरा गरी नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट  पहल जारी राखिएको विज्ञप्तिमा जनाइएको छ ।

इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा झा बुधबार रिहा भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्