३ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त पहलमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउने उद्देश्यले ट्राफिक फर्निचर (कोन) प्रदान गरिएको छ।
उक्त सामग्री ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख सेखर जंग थापालाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
प्रदान गरिएका सामग्रीहरूको प्रभावकारी प्रयोगमार्फत सडक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने कार्य अघि बढाइएको जनाइएको छ।
यस पहलले बौद्ध क्षेत्रमा सडक सुरक्षा अभिवृद्धि गर्नका साथै दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










