६ वैशाख, काठमाडौं । नेपाली लायनवादमा ऊर्जाशिल र सक्षम युवा नेतृत्वको पहिचान बनाउनुभएका लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट ३२५ ई को द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका चार्टर्ड प्रेसिडेन्ट श्रेष्ठले “सामुदायिक सेवाका नेतृत्वकर्ता” को रूपमा आफ्नो प्रभावकारी कदम अगाडि बढाएका हुन् ।
लायनवादको सुदृढीकरणका लागि श्रेष्ठले डिस्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, GLT/GMT कोअर्डिनेटर र चिफ एरिया कोअर्डिनेटर जस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक वहन गरिसकेका छन् ।
उनले लायन्स इन्टरनेशनलबाट DLLI, RLLI, ALLI देखि FDI सम्मका उच्चस्तरीय तालिमहरू प्राप्त गर्नुका साथै लायन्स युनिभर्सिटीबाट पीएचडीसम्मको प्राज्ञिक अध्ययन पुरा गरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा GAT मेडल, प्रेसिडेन्सियल मेडल र प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो (PMJF) बाट सम्मानित श्रेष्ठले टीयू लायन्स रक्तसञ्चार बैंकको संस्थापक सदस्य भई मानवीय सेवामा विशिष्ट योगदान पुर्याएका छन् ।
श्रेष्ठले स्पष्ट दृष्टिकोण, युवा सहभागिता र प्रविधिमैत्री प्रणालीलाई आत्मसात गर्न र लायन एकतामा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।”हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने उनको यो उम्मेदवारी नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन कोसेढुङ्गा सावित हुने लायनवृत्तमामानिएको छ।
उनको अनुभवी र समाधानमुखी नेतृत्वले आगामी वर्षमा संगठनलाई थप उचाइमा पुर्याउने अपेक्षा समेत गरिएको छ।
“विस्तृत जानकारीका लागि तलको PDF हेर्नुहोस्।”





