गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक टीबी परीक्षण मेसिन स्थापना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक क्षयरोग (टीबी) परीक्षण मेसिन स्थापना गरिएको छ। नयाँ प्रविधिको उक्त मेसिनबाट एकैपटक १६ जनासम्मको खकार परीक्षण गर्न सकिनेछ, जसले क्षयरोग पहिचान सेवा थप छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

मेसिन सञ्चालनका लागि जापानी प्राविधिक टोलीले अस्पतालका स्वास्थ्यकर्मीलाई चार दिने विशेष तालिम प्रदान गर्नेछ। तालिम सम्पन्न भएपछि अस्पतालबाट नियमित रूपमा नयाँ प्रविधिमार्फत टीबी परीक्षण सेवा सञ्चालन गरिने जनाइएको छ।

नगर प्रमुखको विशेष पहलमा जापान सरकार, राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र गोकर्णेश्वर नगरपालिकाको संयुक्त समन्वयमा उक्त मेसिन अस्पतालमा स्थापना गरिएको हो।

नयाँ मेसिन सञ्चालनमा आएपछि स्थानीय नागरिकले क्षयरोग परीक्षणका लागि सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी