राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् ।

मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए ।

यसको साथै, उनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी