योग्य नेतृत्व पाएसँगै अव लोडसेडिङ हट्छ -उर्जामन्त्री खड्का

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, चैत्र २७ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको छ । सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको हो ।

उहाले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभएपनि प्रचुर मात्रामा सुधार गर्ने ठाँउ रहेको धारणा राख्नुभयो । अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उहाले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको बिकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० बर्षमा २८ हजार मेगावाट भन्दा बढि विधुत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गर्नुभयो । यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उहाले बताउनुभयो ।

मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रशारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको भन्दै शुभकामना दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्