मुलुकको समान बिकासका लागि संघीय शासन प्रणालीलाई बलियो बनाउनुपर्छ -सञ्चारमन्त्री गुरुङ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समान बिकासका लागि संघीय शासन प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार ललितपुरमा प्रदेश सुशासन केन्द्र बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले तीनै तहले समानताको अभ्यास गर्दै मुलुकको समान बिकासमा ध्यान केन्द्रीत गनुपर्ने बताउनुभएको हो । एकात्मक शासन प्रणालीका कारण सङ्घीयताको कार्यान्वयनमा अझै पनि समस्या रहेको भन्दै उहाले वित्तीय सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

संघीय व्यवस्थाको मर्म र भावनालाई आत्मसात् गरी समावेशी ढङ्गबाट मुलुकको बिकास गर्नुपर्ने उहाले बताउनुभयो । उहाले प्रदेश सरकारले पनि आफ्नो औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्नेमा जोड दिनुभयो । गुरुङले सङ्घीयताको महत्व बढ्न नसक्नुको कारणमा सबै राजनीतिक पार्टीले समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी