
काठमाडौं, चैत्र २८ । गोकर्णेश्वर नगरपालिकाले शिक्षा जस्तो संवेदनशील क्षेत्र अझै कानुनी संरचना बिना सञ्चालन भइरहेको भन्दै दुख व्यक्त गरेका छन । राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सडक आन्दोलनमा छन ।
शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण विद्यालयमा नयाँ विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशन र अन्य शैक्षिक गतिविधिहरू प्रभावित भइरहेको भन्दै नगरपालिकाले यथाशिग्र माग पुरा गरी विद्यालय फर्कने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन । साथै शिक्षा ऐन तत्काल पारित गरि शिक्षा क्षेत्रलाई स्पष्ट नीति र कानुनी आधार प्रदान गर्न पनि नगरपालिकाले माग गरेको छ ।
शिक्षकहरु आन्दोलित हुनुको पछाडि संविधान जारी भएको दशकौँ वितिसक्दासमेत शिक्षा ऐन जारी नहुनु मुख्य कारण रहेको गोकर्णेश्वर नगरपालिकाको ठहर छ। शिक्षा जस्तो संवेदनशील क्षेत्र अझै कानुनी संरचना बिना सञ्चालन भइरहेको तथ्य अत्यन्त दुःखद तथा चिन्ताजनक विषय भएको नगरपालिकाको ठहर छ । यस्ता संरचनात्मक कमजोरीकै कारण शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलित बन्न पुगेको ठम्याई छ ।