शीर्ष तीनदलको बैठक, गृहमन्त्रीको राजीनामा यथावत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, जेठ १९ । सोमबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागलाई यथावत राखेको छ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकारलाई जानकारी गराए ।

उनका अनुसार संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी