संसद बैठक बष्किार गरेका राप्रपा सांसदहरुले भत्ता नलिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने भएको छ । सोमबार राप्रपा संसदीय दलले एक निर्णय गर्दै आइतबार बसेको प्रतिनिधि सभा बैठक राप्रपाले बहिस्कार गरेकाले सो दिनको बैठक भत्ता उपलब्ध नगराइदिन संसद सचिवालयलाई अनुरोध गरेको छ ।

आइतबार बसेको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर सदनमा राप्रपा र रास्वपाले विरोध जनाएका थिए । विरोधकै बेला पनि सभामुख देवराज घिमिरेले पेलेरै सदन अघि बढाएका कारण राप्रपाका सांसदहरु बैठक बहिस्कार गरी हिँडेका थिए ।

उक्त दिनको बैठक भत्ता राजस्वमा फिर्ता हुने गरी व्यवस्था मिलाइदिन संसद सचिवालयलाई राप्रपाले अनुरोध गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बहिस्कार गरेको दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने भएकाले उक्त निर्णय गरिएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी