काल्पनिक विद्यायलयको नाममा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा दायर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असार १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाम निशाना नभएको विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माण गर्ने योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अनुसन्धान हुँदा दुर्गा प्राथमिक विद्यालय नामको कुनै विद्यालय नरहेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमन तथा प्रमाण संकलनबाट उक्त विद्यालय काल्पनिक रहेको पुष्टी भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी