मन्त्रिपरिषद्‍ बैठक सुरु, ‘घुस डिल’मा मुछिएका मन्त्री गुप्ता पनि सहभागी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असार ३० । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा अडियो प्रकरण (घुस डिल)मा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन्।

उनलाई प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने आवाज चौतर्फी उठिरहेका बेला आज बसेको मन्त्रिपरिषद् बैठकमा गुप्ता पनि सहभागी भएका हुन्। 

आजको बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाहीका साथै केही प्रशासनिक कामका विषयमा छदफल हुने जनाइएको छ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी