आठ महिनापछि सांसद पद गुमाउने भगवती बनिन् सामान्य प्रशासन मन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असार ३१ । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको छ।

विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएसँगै राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन्।

न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनको कार्यकाल जम्मा आठ महिना अर्थात आगामी २० फागुनसम्म छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी