एमाले पोलिटब्युरो बैठक जारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ साउन । नेकपा एमालेका पोलिटब्युरो बैठक बसीरहेको छ। च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएको हो । यसअघि बिहान  ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बोलाइए पनि थप ढिलो गरी बसेको हो ।  

बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजाको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी