संचार उद्दमी हेमराज धितालका हत्यारालाई कार्वाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३ साउन । दाङका संचार उद्दमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।

हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षण पत्र बुझाएका हुन् । 

रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते अपरान्ह तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।  

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कार्वाही गर्नु राज्यको कर्तव्य भएको भन्दै संचार उद्दमी हेमराजका हत्याराको पहिचान गरी कार्वाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिवद्वता जनाए ।

हत्याराको पहिचान गरी कार्वाही गरिने उनले बताए । ‘१५ वर्षसम्म पनि संचार उद्दमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो,’ ‘गृहमन्त्री लेखकले भने, ‘ढुक्क हुनुस,यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कार्वाही गर्न आइजीपीलाई निर्देशन दिन्छु।’ 

यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ं ले गरिरहेको छ । सिआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाई पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केच समेत तयार पार्न सकेको छैन् ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी