काठमाण्डाूं, ४ साउन । पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ।
उनको शनिबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए।
स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा राखिएको छ। उनका कान्छा छोरा विदेशबाट फर्किएपछि आज अन्त्येष्टि हुने महानगरप्रमुख महर्जनले जानकारी दिए ।
विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख भएका थिए।
विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए। विसं २०४६ मा प्रजातन्त्र आएपछि उहाँननेकपा एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए।





