एमाले केन्द्रीय समिति बैठक जारी (फोटोफिचर)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू भएको छ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो ।

मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि हिजो दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।
  
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी