कोदो दिवसमा प्रधानमन्त्री ओली : “कोदो उत्पादन र उपभोग बढाऔँ”

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको अवसरमा शुभकामना दिँदै परम्परागत खाद्यान्न कोदोलाई प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेका छन्। उनले कोदोको पोषणीय महत्त्वबारे जनचेतना फैलाउन र यसको उत्पादन तथा उपभोगमा जोड दिन आग्रह गरेका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, “कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय गुणहरू अत्यन्तै महत्वपूर्ण छन्।”

उनका अनुसार कोदोमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुग्छ। साथै, यसमा पाइने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ। प्रधानमन्त्री ओलीले सिँचाइको आवश्यकता नपर्ने, उब्जाउ र जलवायुमैत्री बालीका रूपमा कोदोको विशेषता उल्लेख गरे।

सरकारले कोदोको महत्वलाई देखाउँदै साउन १६ गतेलाई ुराष्ट्रिय कोदो दिवसु को रूपमा मनाउने निर्णय गरेको प्रधानमन्त्री ओलीले जानकारी गराए।

शुभकामना सन्देशमा उनले भनेका छन्, “कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ। कोदो दिवसको सबैमा शुभकामना१”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्