उपनिर्वाचन : आयोगद्वारा दल दर्ताका लागि आह्वान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं ३ मा यही कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालय, काठमाडौंमा दल दर्ताको लागि निवेदन दिन सकिने जानकारी दिएको छ।

यसअघि आयोगले उपनिर्वाचनको लागि आवश्यक निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। जस अनुसार असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोयन दर्ता गरिनेछ। सोही दिन उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ।असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश व्यक्तिहरू यस उपनिर्वाचनमा उम्मेदवार हुन अयोग्य हुनेछन्।

निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी