काठमाडौं, भदौ ४ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेका छन्। बुधबार लामिछानेलाई भेट्न पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनको अनुहार कमजोर देखिएको उल्लेख गरे।
उनले भने,‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ। यहाँ आएपछि सुधार हुँदैछ। तर, उहाँ दुब्लाउनुभएको छ। उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको।’
प्रचण्डका अनुसार लामिछानेलाई भैरहवा कारागारको तुलनामा नख्खु कारागारको अवस्था धेरै राम्रो भएको बताएका थिए। उनले नख्खु कारागार प्रशासनको पनि प्रशंसा गरेको प्रचण्डले जानकारी दिए।





