भियतनामकी उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री देउवाबीच भेट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, भदौ ७ । तीन दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

तीनदिने औपचारिक भ्रमणका लागि उनी शनिबार काठमाडौं आइपुगेकी हुन् । लगत्तै परराष्ट्रमन्त्री राणासँग मन्त्रालयमा औपचारिक भेटवार्ता भएको हो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री राणालगायतका अधिकारीहरू स्वागतका लागि पुगेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्