काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन प्रस्थान गर्नुअघि संसदमा सम्बोधन गर्ने भएका छन्। शुक्रबार बस्ने संसद बैठकमा उनले चीन भ्रमणका एजेन्डा र लिपुलेक विषयमा आफ्नो धारणा राख्ने बताइएकाे छ।
सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाने तयारीमा छन्। यसअघि उनले बालुवाटारमा पार्टी नेताहरूसँगको छलफलमा लिपुलेक मामिलामा राष्ट्रिय सहमति जुटाएर चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्पष्ट कुरा गर्ने बताएका थिए।





