काठमाडौं, भदौ १६ । गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताउनुभयो ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ को पटराखल्लाका १५ घर डुबानमा परेका छन् । भीमदत्त–११ भुजेलामा पनि ५ घर डुबानमा परेका छन् ।
पटराखल्लाका ५५ जना, उनीहरूका सरसामान र चौपायासमेत नजिकैको जमुना आधारभूत विद्यालयमा राखिएको उहाँले बताउनुभयो ।





