अलपत्र परेका यात्रुलाई गन्तव्यमा पठाएपछि मात्रै दसैं टिकट खुल्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, भदौ २९ । सरकारले अलपत्र परेका यात्रुलाई गन्तव्यमा पठाएपछि मात्रै दसैं टिकट खुल्ने भएको छ। भदौ २३÷२४ गते भएको जेनजी आन्दोलका कारणले देशभर अलपत्र परेका यात्रुलाई गन्तव्यमा पठाएपछि मात्रै दसैं टिकट खुल्ने सरकार र सरोकारवाला निकायसँग छलफल भएको हो। 

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले देशभरका सार्वजनिक सवारी साधनलाई सडकमा निकाल्न र यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन पहल गर्ने निर्णय गरेको हो। 

हाल देशभर थन्किएर रहेका सवारी साधनलाई सञ्चालनमा ल्याउने र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बनेको समितिले यस विषयमा थप छलफल गर्ने छ। यात्रुहरूलाई सहज रूपमा यात्रा गर्न दिन अग्रिम टिकट बुकिङको व्यवस्था गर्नेबारे पनि छलफल भइरहेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी