वर्तमान सरकारले आफुबिरुद्ध थप योजना बनाइरहेको ओलीको आशंका

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफुबिरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गर्नुभएको छ ।

बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफुमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै आफुबिरुद्ध थप योजना बनाईराखेको गम्भीर आशंका रहेको बताउनुभएको हो ।

गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उहाले बताउनुभयो । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरुले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गर्नुभयो । सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजानी गर्नेहरु आपराधिक समूह नै भएपनि उनीहरुलाई सरकारले कारवाही समेत गर्न नसकेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले जेनजी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्वपूर्ण सामानहरु लुटिएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्