गायिका पौडेलको परिवारले बाबुल गिरीविरुद्ध दियो जाहेरी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक ७ । गायिका नीतु पौडेलको निधन भएको छ । आज बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएको हो । गत कार्तिक १ गते अनामनगरमा उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएको पौडेलको आज निधन भएको प्रहरीले जनाएको छ । उनी गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्धमा थिइन् ।

विवाहको विषयमा विवाद भएपछि पौडेलले गिरीको एरेन्ज स्टुडियो अनामनगरमा आत्मदाह प्रयास गरेकी थिइन् । पौडेललेको मृत्यु भएपछि बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता भएको छ।

प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दर्ता भएको  जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले  नेपालप्रेसलाई बताए  । जाहेरी दर्ताअगवै बाबुल बिहान प्रहरी कार्यालयमा पुगेका थिए ।

प्रवक्ता  भट्टराईका अनुसार अहिले उनी त्यहीँको हिरासतमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्