काठमाडौं, १२ कात्तिक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको विषयमा आज सरकारले दल र जेनजी समुहसँग त्रिपक्षीय वार्ता गर्ने भएको छ ।
सरकारले अहिले निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको छ ।
छलफलका लागि सरकारले आज त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई बोलाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । ।





